madhav nepal

सिट बाँडफाँटमा एकीकृत समाजवादी निकै रुष्ट, गठबन्धन तोड्ने चेतावनी

National News News

The Mirror

पाँच दलीय गठबन्धनमा ६ महानगर र ११ उपमहानगरपालिकामा सिट बाँडफाँट टुंगो लागेको छ। सिट बाँडफाँटमा सहमति भएसँगै गठबन्धन दलहरु उम्मेदवारी टुंगो लगाउने गृहकार्यमा छन।

सत्तारूढ दलबीच ७७ वटै स्थानीय तहमा गठबन्धन गर्ने समझदारी भए पनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकाको तल्लो कमिटीमा असन्तुष्टि बढेपछि गठबन्धनले नगरपालिका र गाउँपालिकामा आवश्यकताको आधारमा गठबन्धन गर्न निर्देशन दिएको छ।

महानगर र उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बराबर सिट पाएका छन।

तर, नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँटमा भने एकीकृत समाजवादीलाई पाखा लगाउँदै कांग्रेस र माओवादीबीच धमाधम गठबन्धन बन्न शुरू गरेको छ।

केन्द्रमा सत्ता गठबन्धन गर्ने समझदारी बने पनि नगरपालिका र गाउँपालिकामा तीन दलबीच गठबन्धन बन्न सकिरहेको छैन। गठबन्धनबीच गत निर्वाचनमा एमालेबाट निर्वाचित भई हाल समाजवादीको जनप्रतिनिधि रहेका ठाउँमा समाजवादीलाई छोड्ने सहमति बनेको थियो।

तर, अधिकांश स्थानीय तहमा समाजवादीलाई छोडेर कांग्रेस र माओवादीबीच गठबन्धन बन्ने क्रम शुरू भएपछि एकीकृत समाजवादी रुष्ट बनेको छ।

माधब नेपालले गत निर्वाचनमा एमालेबाट निर्वाचित ठाउं सबै आफुले पाउनुपर्ने बताएपछि काँग्रेस र माओबादिले त्यसलाई अस्वीकार गर्दा नेपालले गठबन्धन तोड्ने धम्की दिएका हुन्।

[ref-imagekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *