Ram bahadur thapa

‘सिद्धान्त र नीति बिहिन माओवादी कांग्रेसको पुच्छर’

National News News

The Mirror

चितवनको भरतपुरमा आइतबार एमालेले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन।

उपाध्यक्ष थापाले माओवादी केन्द्र बामपन्थी शक्ति प्रतिगामीको हिस्सा र गुटमा बदलिएको टिप्पणी गरे।

माओवादी केन्द्रप्रति आक्रोशित रुपमा प्रस्तुत भएका थिए। उनले माओवादी अध्यक्ष प्रचण्डले भरतपुरमा गरेको भाषण प्रति संकेत गर्दै भने, ‘हामीलाई जितायौं भने पूँजीपति दल कांग्रेसको २० बर्षसम्म अभिन्न अंगको रुपमा रहनेछौं भनेको पनि सुन्यौ, तपाईहरुप्रति उत्पेरित हुनेछौं, उत्साहित हुनेछौं भनेको पनि सुन्यौ, त्यसलाई २० बर्षसम्म आजीवन कारावास वा नेपाली कांग्रेसको पुच्छर हुनेछौं भनेको बुझ्न सकिन्छ’।

माओवादी केन्द्र बिसर्जन, विघठन र पतनको दिशामा अगाडि बढेको भन्दै उपाध्यक्ष थापाले माओवादी केन्द्र विचार, सिद्धान्तबाट पदच्यूत भैसकेको पनि स्पस्ट पारे। माओवादीको भ्रममा रहेकाहरु भ्रमबाट मुक्त भएर सही नीति र विचार नेतृत्वको पक्षमा उभिन थापाले आग्रह गरे ।

https://www.safestgatetocontent.com/f749zhj2c?key=6503492a64c7c3f237d12c9e64a0de5e

भरतपुर महानगरको मेयर पदका उम्मेदवार रेनु दाहालले भरतपुरमा टे्रलर मात्रै देखाएको अब पूरा फिल्म देखाउने भनेको प्रति थापाले कडा टिप्पणी गर्दै दाहालको उक्त फिल्म दुखान्तमा समाप्त हुने दाबी गरे।

उनले माओवादी केन्द्र अब बिसर्जन, विघठन र पतनको दिशामा अगाडि बढिरहेको सिद्धान्त र नीति बिहिन गुटमा बदलिएको कडा टिप्पणी गरे।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *