‘सिधा कुरा जनतासँग’ कार्यक्रम हाम्रो हो रविको होइन:- News24 [भिडियो सहित]

National News News

The Mirror Desk,

काठमाडौं, रबि लामिछाने न्युज२४ बाट बाहिरिएपछि उनि र न्युज२४ बीच विवाद उत्पन्न भएको छ। विवाद झट्ट हेर्द बाहिर नआएपनि यो निकै पेचिलो होला जस्तो छ। ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने कुरा ‘न्युज २४’ले सार्बजनिक रुपमै बताएको छ। टेलिभिजनले रवि लामिछाने टेलिभिजनबाट बाहिरिए पनि आफ्नै प्रस्तोतामार्फत कार्यक्रमलाई नियमित रुपमा प्रसारण गर्ने जनाइसकेको छ। तर, रवि लामिछानेले पनि केही समय अगी उही कार्यक्रम परिस्कृत सोच मा लिएर आउने बाचा टेलिभिजनको अन्तिम कार्यक्रमबाटै गरेका थिए। त्यसपछि उनले फेसबुक मार्फत फोटो सार्बजनिक गरी आबास्यक पर्दालाई भनेर फोन नम्बरहरु पनि पोस्ट गरेका थिए।

करिब चार वर्ष भन्दा बढी ‘न्युज २४’मा कार्यक्रम चलाएका रवि लामिछानेले कार्यक्रम आफ्नो बौद्धिक सम्पत्तिका रुपमा दावी गरेपनि टेलिभिजनले भने लामिछाने कार्यक्रमको प्रस्तोता मात्रै भएको बताएको छ। ‘न्युज २४’ले यदि झुक्याएर लामिछानेले कार्यक्रमको पेटेन्ट (कपि) राइट दर्ता गराएको भए त्यो छलकपट र बदमासी हुने बताएको छ। टेलिभिजनका एक पदाधिकारीले भने, ”हामीले रविजीसँग गरेको सम्झौतामा उहाँको ‘जब डिस्क्रिप्सन’ स्पष्ट छ, त्यसमा कार्यक्रमको सर्वाधिकार २४मै निहीत भएको उल्लेख गरिएको छ”।

कार्यक्रमको ‘क्रेडिट टाइटल’मा पनि कार्यक्रमको सर्वाधिकार कम्पनीको हुने उल्लेख रहेको टेलिभिजनको दावी छ। कपिराइटबारे रविले सार्वजनिक रूपमा केही बताएका छैनन्।

[ref-onlinekhabar]

अन्तमा

‘सिधा कुरा जनतासँग’ कार्यक्रम कि नयाँ प्रस्तोता सम्झना भुजेलको दमदार पहिले भाग….हेर्नुहोस यो भिडियो….

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *