balen shah

‘जति कोशिस गरे पनि सिसडोलवासीले पत्याएनन् मेयर साहलाई’

National News News

The Mirror

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह काठमाडौंको फोहोर व्यवस्थापनको विषयलाई लिएर नुवाकोटको सिसडोल पुगे। त्यहा उनले स्थानियसंग कुरा गरे तर उनीहरुले मेयरलाई सहयोग गर्ने बारे निकै आनाकानी गरे।

मेयर साहले सिसडोल पुगेर स्थानीयको माग सम्बोधन गर्न आफू तयार रहेको र काम गर्ने वातावरण मिलाइदिन आग्रह गरे। स्थानीयले भने पहिला आफ्ना मागको सम्बोधन हुनुपर्ने पुरानै अडान दोहोर्या। मेयरहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने वचन दिएपनि स्थानीय भने साहको वचनमा सहमत हुन सकेनन।

उपमेयर सुनिता डंगोलसहितको शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोल पुगेका साहले केमिकल हालेर एक साताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका थिए।

उनले तत्कालका लागि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे। स्थानीयको सबै समाधान हुने तर फोहोर विर्सजन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाइ छ।

मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहोराए। स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका छन।

मेयरले जतिनै आग्राह गर्दापनि सिसडोलवासीले मेयर बालेन साहलाई पत्याउन सकिरहेका छैनन।

[ref-imagekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *