K.ACHARYA, KTM,
काठमाडौँ, भारतीय टेलिभिजन जी न्युजका पत्रकार सुधिर चौधरीले बीना अनुमति सगरमाथा राष्ट्रिय निकुन्जभित्र कार्यक्रम छायांकन गरी प्रसारण गरेको गरेको कारणले सगरमाथा क्षेत्रमा हेलिकोप्टरको यात्रामा निकै कडा प्रकारको नयाँ नियमहरु ल्याइएको छ।
पत्रकार चौधरीले सिम्रिक एयर प्रालिको हेलिकोप्टर कालापत्थरमा लगेर कार्यक्रम छायांकन गरेका थिए। उनलाई हेलिकोप्टरले पुस २६ मा निकुञ्जको अनुमति नलिई कालापत्थर क्षेत्रका लगि कार्यक्रम छायाङ्कन गराएको थियो। जुन कार्यक्रममा उनले सगरमाथाको दाबी अब भारतले पनि गर्नुपर्ने खालको निकै बिबादास्पद बिचार सार्बजनिक गरेका थिए।
सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार नेपालका सबै हेलिकोप्टर कम्पनीलाई पत्र काट्दै नयाँ नियमहरुबारे जानकारी गराएको हो।
सामान्यतया नियमहरु यस्ता छन्…
१) निकुञ्जको पूर्वस्वीकृति लिएर पर्यटकको उद्धारमा हेलिकोप्टर जान पाउने।
२) सामान्य अवस्थामा अब हेलिकोप्टर कम्पनीले पर्यटकलाई लगेर निकुन्ज भित्र उडान गर्न नपाउने।
३) तोकिएको हेलिप्याडमा पूर्वस्वीकृति लिएर हेलिकोप्टर अवतरण गर्न सकिने।
४) निकुन्जभित्र लुक्ला, स्याङबोचे र नाम्चेस्थित हेलिप्याण्डमा भने हेलिकोप्टर कम्पनीले पूर्वअनुमति लिएर हेलिकोप्टर अवतरण गर्न सक्ने।
५) तोकिएका क्षेत्रमा बाहेक अन्य स्थानमा हेलिकोप्टर रोक्न नपाइने।
६) यसबाहेक विशेष तथा आपतकालिन परिस्थितिमा भने हेलिकोप्टर उडान र ओभरिङ गर्न सकिने।
हेलिकोप्टर व्यवसायीले महँगो शूल्क तिरेर पर्यटक कालापत्थरसम्म हेलीकोप्टर उडानमा जान चाहेमा अहिले कम्पनीहरुले प्याकेजमा लैजाने गर्थे तर अब निकुञ्जको बुधबारको पत्रसँगै त्यो सम्भावना रोकिएको हो। अब उद्धार र विशेष उडानमा बाहेक हेलिकोप्टरले सगरमाथा आसपास अवतरण गर्न सक्ने छैनन् ।
[ref-onlinekhabar]



“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020