kushal bhurtel nepali bats man

‘सुपरस्टार कुशल, लगातार तीन खेलमा अर्धशतक’

Cricket Sports

The Mirror Desk

नेपाली युबा क्रिकेटर कुशल भुर्तेलले काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेर नयाँ रेकर्ड पनि राखेका छन्।

उनले नेदरल्याण्ड्स विरुद्धको तेस्रो खेलमा १३ औं ओभरमा अर्धशतक पूरा गरे। उनले ४१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५२ रन प्रहार गरे।

यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लेका छन्। नेपालका लागि पारस खड्काले सर्वाधिक ५ अर्धशतक प्रहार गरेका छन्।

यस अघि उनले नेदरल्यण्ड्स र मलेसियाविरुद्ध पनि लगातार अर्धशतक प्रहार गरेका थिए। टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी समेत बनेका छन्।

कुशलले नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए भने मलेसिया विरुद्धको दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए।

[ref-Okhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *