काठमाडौँ, सत्तारुढ दल नेकपाको विवाद निकै उत्कर्समा पुगेको छ। दुवै पक्ष्यले एकअर्कालाई निक्कै गम्भीर आरोप प्रत्यारोप लगाउदै आएका छन। पार्टीको सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि सबै प्रस्तावहरू स्थायी कमिटीमा लैजाने निर्णय गरेको कुरा बैठकपछि संचारकर्मीसंग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आजको बैठकमा पनि सधै जसो नेताहरूबीच चर्काचर्की र आरोप प्रत्यारोप भएको बताइएको थियो। प्रधानमन्त्री तथा पार्टी अदक्ष्य केपी शर्मा ओलीले मैले दुवै पद छाड्दिन र बहुमतको निर्णय पनि मान्दिन भनेपछि नेताहरूले उनको खरो र उग्र रुपमा आलोचना गरेका थिय। उक्त बैठकमा प्रधानमन्त्री ओलीको सचिवालयको बिषयमा पनि गम्भीर आरोप लगाइएको थियो।
वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई प्रेस सल्लाहकार सूर्य थापालाई उक्त पदबाट हटाउन प्रधानमन्त्री लाइ ठाडो चेतावनी समेत दिएका थिए। गौतमले थापाले लगातार रुपमा पार्टीको हित विपरित काम गरिरहेको भन्दै थापालाई प्रेस सल्लाहकारबाट हटाउन धम्कि दिएका थिए। गौतमले बैठकमा भने, ‘प्रधा’नमन्त्रीले सूर्य थापालाई कारवाही गर्नुस्, नभए उनले प्रशंसा गरेजस्तो गरेर तपाइ र पार्टी दुबैलाई सिध्याइदिन्छन्’। त्यस्तै नेता झलनाथ खनालले के पी ओली पक्षले गोरखापत्र दैनिकको समेत दुरुपयोग गरिरहेको घम्भिर आरोप समेत लगाएका थिए। नेता खनालले भने, ‘गोरखापत्र केपी ओली गुटको मुखपत्र मात्र भएको छ, राष्ट्रको स्रोतसाधन यसरी व्यक्तिले दुरुपयोग गर्न पाइँदैन’।
पछिल्ला दिनहरुमा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाको निकै नै आलोचाना गरिएको छ। उनको बोलि रुखो र अलि नमिठो भएको आरोप सर्बसाधारणले समेत लगाएका छन्। केहि दिन अघि उनले बामदेब गौतमको बाटो काट्दा डोरी नाघेको फोटो फेसबुकमा राखेर आलोचना गरेका थिए। बामदेबले त्सैको बदला लिएको पनि हुन सक्छ भन्ने कुरा पनि बिस्लेषण गरिएको छ।ref-hamrokhabar

He needs to be bit polite. He really doesn’t respect any other person in his own party. Think about him pm