The Mirror Desk,
काठमाडौँ, सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राती नेपाली सेनाले बख्तरबन्द गाडी सहित काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ।निर्देशनलायले जनाए अनुसार नियमित अभ्यास अनुसार नै सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउन लागेको हो। ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ।

नियमित अभ्यासको योजना अनुसार भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ। सेनाले आवश्यकताअनुसार समय-समयमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ। यसको बारेमा निर्देशनालयले यो बाहेक अरु केहि पनि बिस्तृत रुपमा बोलेको छैन।
[ref-kantipur]
अन्तमा यो भिडियो पनि हेर्नुहोस है…
शेरबाहादुर देउवाको अंग्रेजी भाषण…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020