a nepali man found dead in scotland

‘स्कटल्यान्डमा ४३ वर्षीय एक नेपाली युबा मृत अबस्थामा भेटिए’

National News News

The Mirror Desk,

स्कटल्याण्डको एडिनबरामा बस्दै आएका ४३ वर्षका राजेश कार्की मृत अवस्थामा फेला परेका छन्। उनले भर्खरै मात्र किनेको नयाँ घरमा उनी मृत भेटिएका हुन् जहाँ नयाँ वर्षमा सर्ने उनको योजना थियो।

उनि घर सर्नु अघि आवश्यक सरसफाइका लागी श्रीमती र साथीभाइसंगै सोमबार नयाँ घर गएका थिए। बेलुकी ५ बजेसम्म सबै मिलेर सफाइ गरेपछि उहाँकी श्रीमती खाना पकाउन भन्दै घरतिर लागिन। अरु साथीहरु पनि आ-आफ्ना घरतिर लागे। केहि बेर पछि श्रीमतीले फोन गर्दा उनले फोन नउठाएपछि ७ बजेतिर नयाँ घरमा आएर हेर्दा मृत भेटिएका थिए।

नयाँ घरमा ट्वाइलेटको भुइंमा थपक्क बसेको अवस्थामा मृत भेटिएका थिए। कार्कीको घाँटीमा काटेको घाउ र घरभित्र रगत पनि देखिएको प्रत्यक्षदर्शी स्थानीय नेपालीले बताए।

प्रहरीले उनको रहस्मय मृत्युबारे अनुसन्धान गरिरहेको जनाएको छ। पोस्टमार्टम रिपोर्टले हृदयघात देखाएको छ। घाँटीमा काटेको हुनु, थपक्क बसेको अवस्थामा शव भेटिनु र घरमा रगत देखिनु जस्ता आधारले हत्या नै भएको हो कि भन्ने आशंका उब्जिएको छ।

काठमाडौं घर भएका कार्की श्रीमती, एक छोरा र दुई छोरीका साथ स्कटल्याण्ड एडिनबरामा बस्दै आएका थिए। उनले बंगलादेशी मूलका साथीसंगको पार्टनरसिपमा रेष्टुरेन्ट चलाउँदै आएका थिए।

NOTE:-भरखरै प्राप्त समारचार अनुसार मृत अवस्थामा फेला परेका कार्कीको मृत्‍यु हृदयघातले भएको रिपोर्ट आएको छ

[ref-NepaliLink]

धुर्मुस किन रोए…???

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *