स्कूल बसले ठक्कर दिँदा चितवनको रत्ननगरमा दुईजनाको मृत्यु, चालक फरार

National News News

The Mirror Desk,

चितवन, चितवनको रत्ननगरमा स्कूल बसले दिएको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। मंगलबार विहान करिब ९ः२० बजे तिर रत्ननगर नगरपालिकाको हरिहर मन्दिर अगाडि पूर्वपश्चिम राजमार्गमा सनराइज बोडिङ स्कूलको बा २ ख ५६७४ नम्वरको बसले बा ९२ प ५२०४ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ ५ का २४ बर्षिय अनिल मगर र पछाडि सवार सुनसरी जिल्ला धरान नगरपालिका ९ का २० बर्षिय गौरब राइको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते उनिहरुको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउने क्रममा विहान ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने चालक फरार रहेको र खोजी कार्यलाइ तीब्र पारिएको प्रहरीले जनाएको छ। (यो समाचार नारायणी अनलाइनले छापेको छ)

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *