usakala rai branding local wine

स्थानिय कोदोको रक्सीलाई ‘ब्रान्डिङ’ गर्ने काम छिट्टै सुरु हुने

Business National News News

The Mirror Desk

प्रदेश नम्बर-१ सरकारले सामाजिक विकास मन्त्री उषाकला राईले अघि बढाएको स्थानिय कोदोको रक्सीलाई ‘ब्रान्डिङ’ गर्नका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ। सामाजिक विकास मन्त्रालयले प्रदेश नम्बर-१ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो।

कार्यदलको सदस्यहरुमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईं रहेका छन।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ कार्यदलमा रहेका छन्। कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई रहनु भएको छ।

कार्यदललाई कार्य जिम्मेवारी सहित ४५ दिन भित्रमा मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिईएको छ।

सामाजिक विकास मन्त्री उषाकला राईले यो बिषयको बारेमा केहि अगाडी पनि बोल्दै आएकी थिइन्। स्थानिय श्रोत र शाधनको प्रयोग गरी स्थानीयको जीवन स्तर उकास्न यो कदम निकै महत्वपूर्ण हुने दाबि गर्दै आएकी राइको सपनाले अब मुर्त रुप लिन लागेको छ।

At Last Watch This VideoToo

About DHURMUS

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *