The Mirror Desk,
काठमाडौँ, शुक्रवारको संसदीय दलको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुने बताएका छन। साथै उनले माधव नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताउदै ति दुई नेतालाई कारवाही गर्ने जनाए।
प्रधानमन्त्री ले भने, ‘२८ फागुनको केन्द्रीय कमिटी बैठक, ५ र ७ चैतमा बसेको संसदीय दलले गरेका निर्णयबाट ब्याक हुन सकिँदैन, विधिसम्मत भएका निर्णयबाट कुनै पनि हालतमा ब्याक हुन मिल्दैन, संसदीय दलको विधान पनि केन्द्रीय कमिटी बैठकले अनुमोदन गरिसकेको छ, त्यसैले आवश्यक परे पछि संशोधन गर्न सकिन्छ, अहिले नै संशोधन गरेर अघि बढ्न सकिँदैन’।
नेपाल र खनाल समूहका सांसदसमेत सहभागी भएको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीले गरेका निर्णयबाट पछि नहटेर नयाँ ढंगले अघि बढ्नु पर्ने बताउनुभयो। आजको बैठकमा माधव नेपाल र भीम रावल बाहेक ‘नेपाल-खनाल’ समूहका सांसदहरुको सहभागिता रहेको थियो।
मुख्य सचेतक विशाल भट्टराईले नेपाल र रावलमाथि अब बस्ने केन्द्रीय कमिटीको बैठकबाट कारबाही गरिने बताए। २८ फागुनको निर्णय फिर्ता लिन आग्रह गर्दै झलनाथ खनाल भने बैठकबाट केहीबेरमै निस्केका थिए।
[ref-jyotinews]
अन्तमा यो घुस सम्बन्धित भिडियो पनि हेर्नुहोस है…
गाउँपालिका कर्मचारीद्वारा सेवाग्राहीसंग खुलमखुला घुसको डिल…
३/४ प्रतिशत दिनुपर्ने माग…सुन्नुहोस यो डिल…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons