prachanda

‘स्वतन्त्रले देश चलाउन सक्दैनन्, कोही भ्रममा नपारौ’-: प्रचण्ड

National News News

The Mirror

माओवादी अध्यक्ष प्रचण्डले काठमाण्डाै र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले आफ्नाे पार्टीलाई पाठ सिकाएकाे बताएका छन।

काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन।

चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका अध्यक्ष प्रचण्डले जिकिर गरे। उनले देशमा अझै कैयाैँ दशकसम्म पार्टीहरूले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रहरुले राज्य चलाउन नसक्ने बताए।

उनले भने, ‘माओवादीले गर्ने जस्तो व्यवहारका कुरा गरेका कतिपय स्वतन्त्र मान्छेहरूलाई जनताले पत्याउनुलाई अपवादको रूपमा लिन्छु, केही साथीहरूले भाेलि त सात सय ५३ पालिकामै स्वतन्त्र उम्मेदवार हुन्छन् भन्नुभयाे तर त्यस्ताे होइन है, अझै कैयाैँ दशकसम्म पार्टीहरूले नै राज्य गर्छन, स्वतन्त्र आएर नै लान्छन् भन्ने चाहिँ होइन, काठमाण्डाै र धरानमा जित्नेले हाम्राे पार्टीकाे जस्ताे कुरा गरेका छन्, हिजो हामीले जनताको सेवा गर्ने, धारो, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सबै सिध्याउँछौँ भनेर भनेको होइन र।

प्रचण्डले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादीलाई हल्का रूपमा नलिन पनि चेतावनी दिए। उनले माओवादीले जितेका ठाउहरुमा पार्टीको आधार इलाका हुने गरी काम गर्न निर्देशन समेत दिए।

[ref-ujyaaloo]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *