Dinesh chandra Thapaliya

‘स्वतन्त्र उम्मेदवारलाई दिएको डर, धम्की र राज्य कोषको दुरुपयोग सह्य हुँदैन’

National News News

The MIrror

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरुले राज्य कोषको दुरुपयोग गरी स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने चेतावनी दिएका छन।

शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा उनले लोकतन्त्रलाई विश्वास गरेर निर्वाचनमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पारे।

प्रमुख आयुक्त थपलियाले कुनै पनि किसिमको दबाव, त्रास, प्रलोभन, कुनै पनि किसिमको कारबाहीको धम्की वा शक्तिको प्रयोग गरेर उम्मेदवारमाथि दबाव दिए लोकतन्त्रविरोधि गतिविधि हुने बताए।

उनले विगतमा भएका गल्तीका कारण निर्वाचन आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरु लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरुलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गरे।

उनले भने, ‘आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन छ, यसपछि भोलि सबै छानबिन गरेर हामीले उम्मेदवारको अन्तिम सूचि प्रकाशित गर्नेछौँ, म सुन्दैछु, यसमा पनि डर, त्रास, धाक, धम्की दिएर जबरजस्ती रुपमा उम्मेदवारी फिर्ता दिलाउने किसिमका अभ्यासहरु भइरहेका छन्, उम्मेदवार र उसको परिवारलाई उम्मेदवार भयौ भनेदेखि अलिकति गाह्रो हुन्छ भन्ने किसिमका कुराहरु गरिंदै छन् भन्ने गोप्य सूचना हामीलाई प्राप्त भएको छ, हामीले विज्ञप्ती निकाल्ने छौँ’।

उनले स्पस्ट रुपमा भने, ‘ यस वर्ष आयोगले निर्वाचनको तयारी गरिरहँदा निर्वाचनको समयमा उम्मेदवारीमा लचकता अपनाउने र प्रचारप्रसारमा कठोरतालाई छाडिने छैन’।

उनले आयोगले स्थानीय तह निर्वाचनका लागि गरिएका उम्मेदवारी दर्ताले स्थानीय तहमा निर्वाचित हुनुपर्छ र नेतृत्व गर्नुपर्छ भन्ने भावना नागरिकमा देखिएको महशुस भएको पनि बताए।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *