The Mirror Desk,
काठमाडौँ, अन्तत भगिरथीलाई बलात्कार गरेर हत्यागर्ने यो किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ। किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। उनले भागरथीको परिवारसँग बलात्कार घटनाकै बदला लिन आफूले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवककाे भनाइ अनुसार एक वर्षअघि भागरथीका बुवाले उनकाे नजिककाे नाता पर्ने एक महिलामाथि बलात्कार गरे’का थिए। तर त्याे घटना गाउँमै मिलाइएकाे थियाे। ती प्रहरी अधिकारीले यसबारे थप अ’नुसन्धान भइरहेकाे बताएका छन्। भागरथीका बुवाकाे निधन भइसकेकाे छ। भागरथीलाई पहिला भीरबाट लडाएर घाइते बनाएको र त्यसपछि बलात्कार गरेको भनाइ उनको छ । स्वास्थ्य परीक्षण रिपोर्टले भागरथीको बलात्कार भएको पुष्टि भइसकेको छ।



चाउचाउ खाँदै घर फर्किरहेकी भागरथीलाई ती किशाेरले पछ्याएकाे र सडकबाट धकेलेकाे बयानमा उ’ल्लेख छ। भागरथीकाे माेबाइल बाटाेमै खसेकाे थियाे। सडकबाट धकेलेपछि खाेल्साेमा झरेकी भागरथीकाे घाँटी न्याकेर बलात्कारकाे प्रयास गरेकाे बयानमा उल्लेख छ। तर भागरथी महिनाबारी भएकाे देखेपछि बलात्कार भने आफूले नगरेकाे बयान किशाेरले दिएकाे प्रहरीले जानेको छ।
त्यसपछि प्रहरीले उनलाई केही समयदेखि निगरानीमा राखेको थियो तरपनि उनी स्वयं भागरथीका हत्यारामाथि कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरेको प्रदर्शनमा समेत सामेल भएका थिए।
[ref-natn’l media]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020