tara air

‘हराइरहेको ताराको एयरको बिमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो’

National News News

The Mirror

हिजोबाट हराइरहेको तारा एयरको बिमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारी अनुसार मुस्ताङको थासाङ गाउँपालिका-२ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको हो।

[pic-kantipur]

नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन।

हिजो बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए।

पोखराबाट चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो।

यसबारेमा थप र बिस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता सिलवालले जानकारी दिए।

[ref-kantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *