prachanda

‘हामीलाई जनताले अब माओवादी होइन खाओवादी भन्न थाले’:- प्रचण्ड

Breaking News National News News

The Mirror Desk

काठमाडौँको कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अब आफुहरुलाई नेपाली जनताले माओवादी नभएर खाओवादी भन्न थालेको बताएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सूर्यनाथ रान यादवको स्मृति दिवसमा बोल्दै भने, ‘हामीलाई माओवादी होइन अब जनताले खाओवादी भन्छन’।

सुरुको जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा अब लोगो र नाममा मात्र सीमित भएको समेत उनले उल्लेख गरे। न्यायका लागि लड्ने योद्धा भनेर चिनिनुपर्नेमा माओवादी भन्ने नाम विज्ञापन जस्तो मात्रै भएको उनको दुखेसो थियो।

उक्त कार्यक्रममा प्रचण्डले बोलेको हरेक कुराहरुमा उनि निकै निरास र दुखि र असन्तुस्ट भएको कुरा स्पस्ट झल्किन्थ्यो।

प्रचण्डले अहिलेकै अबस्थाको माओवादी मुलुक र जनतालाई आवश्यक नभएको समेत बताए।

उनले थपे, “मैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने त यो पार्टी नभए पनि के भयो र?, जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त त्यस्तो पार्टी नहुनु बरु राम्रो हो’।

[ref-himalkhabar]

अन्तमा यो पनि
MCC ठिक छ, पारित गरेर देखाईदिन्छौ- झाक्री

Video – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

2 thoughts on “‘हामीलाई जनताले अब माओवादी होइन खाओवादी भन्न थाले’:- प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *