The Mirror Desk,
वासिंटन, हिजो अमेरिकी संसदमा भएको आक्रमण र तोडफोडको घटनालाई लिएर अमेरिकाका पूर्वराष्ट्रपतिहरु लगायत विश्वभरिका प्रमुख नेताहरुले डोनाल्ड ट्रम्पको कडा रुपमा भर्त्सना र आलोचना गरेका छन्। पूर्वराष्ट्रपतिहरु जर्ज डब्लु बुस, बराक ओबामा, विल क्लिन्टन तथा सिनेटर मिट रोमिनीसहितले ट्रम्पको निर्देशनमा उनका समर्थकबाट भएको आक्रमण ‘बिद्रोही आक्रमण’ रहेको बताए। उनीहरुले सो हिंसाका लागि डोनाल्ड ट्रम्प प्रमुख जिम्मेवार रहेको दाबी समेत गरे।
त्यस्तै फ्लोरिडाका सिनेटर ‘मार्को रुबियो’ ले पनि हिंसा र आक्रमणको कडा शब्दमा आलोचना गरेका छन्। रुबियो ट्रम्पकै पार्टीका नेता हुन्। उनले अमेरिकी संसदमा निकै भाबुक मुद्रामा भने, ”म ती मानिसहरुबीच हुर्किएको हुँ जसले आफ्नो देश छोडेर अमेरिका आएका थिए किनभने उनीहरुको देशमा स्थिती तनावपूर्ण थिए र परिस्थिती निकै नाजुक थियो, ठ्याक्कै त्यस्तै जुन आज हामी यहाँ देखिरहेका छौं, हामी र हाम्रो देश आज निकै दुखि छौ, राजनीतिले हामीलाई पागल बनाइदिएको छ, सबैको दिमाग सड्किएको छ, आज रुस र चीनजस्ता देशहरु हामीमाथि हाँसिरहेका होलान्, उनीहरु यो दुखद घटनालाई लिएर अमेरिकालाई होच्याउने छन्, आज जे भयो, त्यो देखेर म यहि भन्छु कि हाम्रो देश खस्किरहेको छ”
[ref-cnn]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–