‘हामी, कांग्रेस र जसपा मिल्दा मात्रै भारतलाई सजिलो हुन्छ’:- प्रचण्ड

National News News

The Mirror Desk,

काठमाडौँ, गत शुक्रबार राति प्राइम टाइम्स टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र आफूहरु मिल्दा भारतलाई कम्फर्टेबल हुने बताएका छन्। ‘नेपाली कांग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल हो’, उनले भने, ‘हामी मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका लागि पनि उत्तिकै कम्फर्टेबल हुन आउँछ’।

उनले भारतसँग सम्बन्ध नसुधारी नेपालमा राजनीतिक स्थायित्व हुदै भनी तर्क पनि गरे। ‘सबै कारणले भारतसँग राम्रो सम्बन्ध र समझदारी नबनाई नेपालमा स्थायित्व र विकास त हुँदैन’, उनले भने, ‘यति राम्रो सम्भावना अहिले छ, यो राम्रो सम्भावना अघि जानुपर्यो भनेर मैले भनेको छु’।

प्रधानमन्त्री ओलीले संसदमा नै सामना गर्ने बताइसकेकाले आफूहरुले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव गरेर उनलाई हटाएर विदा गर्ने दाबी प्रचण्डले गरे। दाहालले कार्यक्रममा कांग्रेस सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लाग्नै नसक्ने ठोकुवा पनि गर्न भ्याए। उनले दिएको यस अन्तरबार्ता अहिले निकै बिबादास्पद बनेको छ।

[ref-natnl media]

अन्तमा यो पनि…

माओबादी जनयुद्धमा अलकाइदाले हतियार त तालिम दिन्थे

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *