Ukrainian President Volodymyr Zelenskyy

‘हामी तबसम्म पुटिनसँग भेटघाट गर्दैनौ जबसम्म उनलाई युद्धमा हराउदैँनौ’

International News News

The Mirror Desk

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हालै मात्र युक्रेनको भ्रमण गरेका छन। उनले युक्रेनलाई हतियारहरु प्रदान गर्ने वाचा गरेका छन्।

जोन्सनको भ्रमणपछि शनिबार राति देशवासीलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भनेका छन्,‘रुसको आक्रमक गतिविधि केवल युक्रेनमा मात्र सिमित नभएर युरोपभर बढ्नेछ, हामी मात्र होइन पुरै युरोप उसको निशानामा छ’।

सो क्रममा प्रधानमन्त्री बोरिस जोन्सन संग जेलेन्स्कीले अहिले रुसको उर्जा उत्पादनलाई पश्चिमा देशहरुले पुरै प्रतिबन्ध लगाउनु पर्ने र युक्रेनलाई अतिरिक्त हतियार आपूर्ति गर्नुपर्ने माग राखेका छन।

जेलेन्स्की युद्ध मैदानमा

उनले युक्रेनको पूर्वी भागमा रूसी सेना परिचालन भइसकेको पनि जानकारी दिएका छन्। उनका अनुसार युक्रेन कठिन भन्दा कठिन लडाई लड्न तयार छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले सशक्त ढंगबाट युक्रेनको विरोध जनाइरहेको छ। त्यहाँ कडा आर्थिक प्रतिबन्धहरु पनि लगाइएका छन तर युरोपले भने रुसी ग्यास र तेल खरिद गर्न छाडेको छैन।

जेलेन्स्कीले भनेका छन्,‘लडाइ अप्ठेरो होला तर हामीलाई हाम्रो जित हुन्छ भन्नेमा पूर्ण बिश्वास छ। हामी प्रतिकारसँगै कूटनीतिक तवरबाट यो युद्ध रोक्नलाई तत्पर छौं’।

जेलेन्स्की युद्ध मैदानमा

यसक्रममा युक्रेनका मुख्य वार्ताकार मिखाइलो पोदोल्याकले स्पस्ट रुपमा भनेका छन,‘राष्ट्रपति जेलेन्स्कीले तबसम्म रुसी राष्ट्रपतिसँग भेटघाट गर्दैनन् जबसम्म पूर्वी क्षेत्रको युद्धमा रुसलाई हराउदैँनन’।

[ref-dainik online]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *