काठमाडौँ। अबदेखि हाम्रा प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाइ लाेकप्रिय सट भिडियाे शेयरिङ प्लेट्फ़म “टिकटक” मा पनि देख्न पाइने भएको छ। उहाको नामबाट @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको छ। उहाँकाे टिकटक अकाउण्ट ‘भेरिफाइड’ समेत भइसकेकाे छ।
उहाँले टिकटकमा राख्नुभएकाे भिडियाेलाई अहिलेसम्म एघार लाख भन्दा धेरैले हेरिसकेका छन्। त्याे भिडियाेलाई नब्बे हजार जनाले लाइक गर्दा दुइहजार चार सय दश भन्दा बढी शेयर गरिएकाे छ। उहाको अकाउण्टमा अहिले सम्ममा केवल एक मात्र भिडिओ अपलोड गरिएको छ। उहाँकाे अकाउण्टलाई अहिलेसम्म चौतिस हजार भन्दा बढीले फलाे गरिसकेका छन्। आशा गरौ यो टिकटक भिडियो ले रास्ट्र निर्माणमा सहायोग पुग्ने छ।
“मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ”, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ।
हेर्नुहोस उहाको पहिले भिडियो,उहाले के भन्नुभएको छ?
Good to use technology. But need to be in favour of the people and country