The Mirror
सरकारका मन्त्रीहरु परिबर्तन गर्ने बिषयमा सत्ता गठबन्धन दलभित्र तिब्र मतभेद सिर्जना भएको छ।
सत्ता गठबन्धन मध्येको एउटा दल एकीकृत समाजवादीले सरकारमा गएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि गठबन्धनका दल र स्वयं पार्टीमा एकाएक हलचल मच्चियो।
एकीकृत समाजवादीले सिफारिस भएका नयाँ मन्त्रीहरूले शपथको समय कुरिरहँदा प्रधानमन्त्री शेर बहादुर देउवाले अहिले मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय गरिदिए। उनको पुरानै मन्त्रीहरूले यथावत् कायम राख्ने निर्णय पछि सत्ता गठबन्धनमा तरंगा पैदा भयो।
प्रधानमन्त्री शेर बहादुर देउवाको यो निर्णय बाहिरबाट हेर्दा घटना यहींनिर रोकिए झैं लागे पनि नेकपा (एकीकृत समाजवादी) पार्टीभित्रको तरंग साम्य भइसकेको छैन।
उक्त पार्टीका शीर्ष नेताहरूले आफ्नो निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई निरन्तर दबाब दीइरहेका छन्।
बुधबार बिहान मात्रै पनि प्रधानमन्त्रीलाई भेटेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न अनुरोध गरे।
पार्टीका नेता झलनाथ खनाल भन्छन, ‘यदि यो पार्टीले गरेको निर्णय कार्यान्वयन भएन र पार्टीलाई लतार्न खोजियो र बालुवाटारले पार्टीहरू चलाउन खोज्यो भने हाम्रो देशको जुन प्रजातान्त्रिक मान्यता हो लथालिंग हुन्छ, त्यो दिशातर्फ गठबन्धनका प्रधानमन्त्री जानुहुन्छ भन्ने लाग्दैन, उहाँ समझदार नै मान्छे हो’।
उनले भने, ‘हाम्रा पार्टीका मन्त्री छान्ने काम पार्टीको हो प्रधानमन्त्रीको होइन, कसलाई, कतिखेर, कहाँ पठाउने हामीले निर्णय गर्ने कुरा हो, यदि हामीले भनेको कुरा सुनिदैन भने, हाम्रो लागि गठबन्धनको औचित्य समाप्त हुन्छ, हामीलाई लतार्न खोज्नु दुखद हुनेछ’।
[ref-onlinekhabar]
अन्तमा यो पनि…