The Mirror Desk,
काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्डले आफ्नो बिजय सुनिस्चित भएको र प्रधानमन्त्री के पी ओली रक्षात्मक स्थितिमा रहेको बताएका छन्। आज ‘एकीकृत अखिल नेपाल शिक्षक संगठन’ ले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले भने, ‘वातावरण विस्तारै सकरात्मक दिशातिर गैरहेको छ र स्थिति हेर्दा हामीले जित्ने पक्का-पक्कि जस्तै भएको छ’।
आफ्नो समुहको माघ २८ मा काठमाडौंमा हुने जनप्रदर्शनलाई व्यापक बनाउन प्रचण्डले आफूनिकटका शिक्षकहरूलाई आग्रह पनि गरे। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकै दिन देखि आफूहरू त्यसको विरोधमा उत्रिएको उनको भनाइ थियो। उनले एकतावद्ध भएर जनप्रदर्शनमा उत्रिन आग्रह गरेका छन्। लडाइँ जितेर आएपछि शिक्षकहरूका सम्पूर्ण मुदाहरू सुनुवाइ गर्ने पनि बताए।
[ref-setopati]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon