prachanda

‘हाम्रो समाज अराजकता र विचलनतिर गइरहेकाे छ’

National News News

The Mirror

शहीद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासङ्घ नेपालले काठमाण्डाैमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपाली समाज विचलन र अराजकता तिर गइरहेको बताएका छन।

उक्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हाम्रो समाज अराजकता र विचलनतिर गइरहेको बताउदै नेपाली समाज विचार र निष्ठाको आधारमा चल्न छोडेको स्पस्ट पारे।

उनले सम्बोधनको क्रममा भने, ‘हामीले त निकै राम्रो राज्य र समाज निर्माण गर्ने भनेका हौ तर हामीले गर्ने काम चाहिँ हाम्रो भनाइसँग तालमेल भएन, जसले गर्दा समाज रूपान्तरणको क्रान्तिकारी ढङ्गले अगाडि जानेतिर होइन अझ बढी दिग्भ्रमतिर, अझ बढी अराजकता र विचलनतिर गइराखेको छ र त्यो खतरा दिनप्रतिदिन बढ्दो छ, क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइराखेको भान हामि सबैलाई हुन्छ जस्तो मलाई लाग्छ’।

सोहि क्रममा बोल्दै अध्यक्ष प्रचण्डले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रित हुन निकै आवश्यक रहेको बताए।

उक्त क्रममा बोल्दा प्रचण्ड निकै मलिन र थकित देखिन्थे।

[ref-ujyaaloonline]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *