The Mirror
अन्तत नेकपा एमालेले पार्टीले आशा गरे अनुसारको सफलता प्राप्त नहुनुमा पार्टीभित्रको अन्तर्घात भएको स्वीकार गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताए।
एमाले संसदीय दलको बैठकमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा एमालेभित्र अन्तर्घात भएकोले अपेक्षित परिणाम नआएको बताए।
अध्यक्ष ओलीलाई उद्धृत गर्दै सांसद नवीना लामाले भनिन, ‘कांग्रेस, माओवादी र माधव नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो, कहाँबाट सिके यस्तो यस विषयमा बृहत्रुपमा समीक्षा गरिनुपर्छ, चार-चार वटा महानगरपालिकामा हामीले उपमेयरमा जित्यौं तर मेयर जित्न सकेनौं, यो अन्तर्घातको कारणले हो’।
वैशाख ३० गते भएको स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिक्रियता दिएका हुन्। ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर केहि मात्रामा चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप लगाए ।
ओली पार्टीभित्रको अन्तर्घात बारे बृहत् समीक्षा गर्ने पनि बताए।
एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ। प्रमुखबाहेकमा एमालेले जितेको छ तर प्रमुखमा भोट हालेको देखिएन। एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई नहाल्ने व्यवहार देखियो।
के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट कारण पत्ता लगाउन पत्राचारसमेत गरिएको एमालेले जनाएको छ।
यसअघि अरू पार्टीमा हुने गरेको अन्तर्घातको डरलाग्दो समस्या यस पटक एमालेमा देखिएको भन्दै उनले यस्ता गलत कार्य गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए।
[ref-ekantipur]
अन्तमा यो पनि…
1 thought on “‘हारको प्रमुख कारण पार्टीभित्रकै अन्तर्घात, समीक्षा हुन्छ’:- के पी ओली”