The Mirror
कमल थापाको पार्टी राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन।
प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने उनीहरुको माग छ।
यस्तै महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डलाबाट जुलुस निकालिएको छ।
उक्त प्रदर्शनमा जनवर्गीय संगठनका नेता, कार्यकर्ताहरुका साथै पार्टी नेता कमल थापाको समेत सहभागिता रहेको थियो।
राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसँगै सडक केन्द्रीत भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए।
[ref-onlinekhabar]
अन्तमा यो पनि…