The Mirror
हेटौंडामा राप्रपाले सानदार प्रदर्शन गरेइरहेको छ भने मतान्तर फराकिलो हुदै गईरहेको छ।
उपमहानगरपालिकाको मेयरमा राप्रपाका दिपकबहादुर सिंहले मतान्तर फराकिलो बनाउँदै गएका छन।
गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार मिनाकुमारी लामाले आठ हजार ३५३ मत प्राप्त गर्दा राप्रपाका दिपकबहादुर सिंहले आठ हजार ६९३ मत प्राप्त गरेका छन।
यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले ६ हजार ८५३ मत प्राप्त गरेका छन।
यसैगरी हेटौंडाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँले ११ हजार ७९१ मत प्राप्त गरेका छन। यसैगरी नेकपा एमालेका तर्फबाट उपमेयरका पदका उम्मेदवार सुमित्रा काफ्लेले आठ हजार ३३ मत प्राप्त गरेका छन।
यसैगरी राप्रपाका उपमेयरका उम्मेदवार इन्दिरा न्यौपानेले एक हजार ५७६ मत गरेकी छन।
[ref-ujyaaloonline]