helicopter

हेलिकप्टर चार्टर्डको भाडा तोकियो, कहाँ पुग्न कति? [लिस्ट सहित]

Business National News News

The Mirror

यात्रुहरुले मनपरी भाडा असुलेको गुनासो पाएपछि हेलिकप्टर चार्टर्डको भाडा डर तोकिएको छ।

हेलिकप्टर चार्टर्डमा वायुसेवा कम्पनीले मनपरी भाडा लिन थालेसँगै हेलिकप्टरको चार्टर्ड भाडादर सार्वजनिक भएको हो।

विगतमा पर्यटकीय गन्तब्यमा ‘फेक रेस्क्यू’ बढी हुने गरेको गुनासोपछि वायुसेवा सेवा सञ्चालक संघले चार्टर्ड भाडादर नै निर्धारण गरी सार्वजनिक गर्न थालेको संघका सचिव राजु न्यौपानेले जानकारी दिए।

पछिल्लो समय १ जुन २०२२ बाट लागू हुने गरी हेलिकप्टरको नयाँ चार्टर्ड भाडादर निर्धारण भएको हो।

संघका अनुसार काठमाडौंबाट धनगढी पुगेर पुनः काठमाडौं आउन ८ लाख २५ हजार रुपैयाँ भाडादर तोकिएको छ। यस्तो भाडा कम्पनीहरुले ल्याउने विभिन्न प्याकेजहरुको सन्दर्भमा भने लागु हुँदैन।

किनकी त्यस्तो प्याकेजमा कम्पनीहरुले प्रतिव्यक्ति भाडा लिएर सेवा दिने गर्छन्। काठमाडौं–चन्द्रगढी–काठमाडौं पुग्न ५ लाख भाडा तोकिएको छ।

त्यसै गरी काठमाडौँ-चितवन-काठमाडौँको भाडा एक लाख ७० हजार तोकिएको छ भने काठमाडौँ-पोखरा-काठमाडौँको दुई लाख २५ हजार तोकिएको छ।

बाकी ठाउहरुको लागी तलको लिस्ट हेर्नुहोला

[ref-onlinekhabar]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *