Dr. Shanduk Ruit

१० लाख मानिसको अन्धोपन हटाउन डा.शन्दुक रुइत र बेलायती अर्बपतिबीच सम्झौता

Inspiration National News News

The Mirror Desk

तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. शन्दूक रुइत र बेलायती अर्बपति तेज कोहली बीच विश्वभरीका १० लाख मानिसहरुको मोतियाविन्दुको शल्यक्रिया गर्नको लागि भनेर सम्झौता भएको छ।

काठमाडौँमा आयोजित कार्यक्रममा ‘डा.सन्दूक रुइत-तेज कोहली फाउन्डेसन’ को पनि घोषणा गरियो।

मोतियाविन्दुबाट दृष्टिविहिन बनेका विश्वका १० लाख मानिसलाई पुनः दृष्टि प्रदान गर्ने लक्ष्य राखिएको बेलायती अर्बपति तेज कोहलीको भनाई छ। सन् २०२६ भित्रै ४ लाख मानिसको मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ।

नेपालसहित भारत, इन्डोनेसिया, म्यान्मार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरियालगायत १६ मुलुकमा यो फाउन्डेसनले अन्धोपन हटाउने अभियान चलाउने छ।

एक रिपोर्ट अनुसार हाल विश्वका लगभग ९ करोड मानिसमा मोतियाविन्दुको समस्या देखिएको छ।

[ref-kuntipur]

Watch This Video, What Dhurmus Is Saying…

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *