The Mirror Desk,
काठमाडौँ, अन्तत राज्य बिरुद्धको अपराधको आधारमा प्रहरीले नेकपा ‘प्रचण्ड-नेपाल’ समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेको अभियोगमा उनी पक्राउ परेकी हुन्। महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो। यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर उनले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन्। महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ।
प्रहरीले झाँक्रीलाई नियन्त्रणमा लिन खोजेपछि समर्थकहरुले नाराबाजी गर्न थालेका हुन्। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिएर नाराबाजी गरेका थिए । उनीहरुले प्रहरीलाई झाँक्रीको घरभित्र प्रवेश गर्नबाट रोकेका थिए।
झाँक्रीको जीवनमा आज अद्भूत संयोग परेको छ । आज उनको बिहेको एनिभर्सरी हो । उनको बिहे भएको आज ११ वर्ष पूरा भएको छ ।
यसै क्रममा यदि उनीविरुद्धको आरोप प्रमाणित भएमा उनलाई ७ वर्ष जेल सजाए र ७० हजार रुपिया सम्म जरिमाना हुन सक्छ।
उनले बोलेका मुख्य २ कुराहरु…
१) राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।
२) मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी। अरु पनि धेरै
[ref-dcnepal]


“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon