The Mirror
विश्वका सबै भन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा भेटिएका छन। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री नताशा बासेटसँग रोमान्स गर्दै खाना खादै गरेका देखिए।
एलन मस्क र बासेट लन्चको लागि चेभल ब्ल्याङ्क होटलमा गए, जहाँ एक रातको कोठा भाडा मात्र १ लाख ६० हजार रुपैयाँबाट सुरु हुन्छ। लञ्चपछि दुबै समुद्रको किनारमा सँगै हिंडिरहेको पनि देखियो।
स्मरणीय कुरा के छ भने, २७ वर्षकी नताशा ५० वर्षकी मस्ककी सबैभन्दा कान्छी प्रेमिका हुन। करिब ७०० डलरको जाडिग एण्ड भोल्टेयर ड्रेसमा उनी निकै सुन्दर र आकर्षक देखिइन। उता मस्क भने ग्रे कलरको टी–सर्ट र कालो जिन्समा देखिए।

मस्कको निजी जेटमा लस एन्जलसमा अवतरण गरेको देखिएपछि यस वर्ष फेब्रुअरीदेखि यो जोडी एकअर्कालाई डेट गर्दै आएको खबर अहिले बल्ल बाहिर आएको छ।
यसअघि मस्क ग्रिम्ससँग सम्बन्धमा थिए तर सन् २०२१ को सेप्टेम्बरमा दुवैले अलग हुने निर्णय गरिसकेका छन।
डिसेम्बर २०२१ मा, पूर्व प्रेमिका ग्रिम्सले मस्कसँग सरोगेट मार्फत दोस्रो बच्चालाई जन्म दिइन्। एम्बर हर्ड र बेलायती अभिनेत्री तल्लुलाह रिले पनि यसअघि मस्ककी प्रेमिका भइसकेका छन्।
मस्क र बासेट पहिलो पटक कहाँ भेटेका थिए भन्ने अहिलेसम्म खुलासा भएको छैन।
मस्क ७ सन्तानका पिता हुन् र उनको तीन पटक सम्बन्धविच्छेद भइसकेको छ। यीमध्ये दुई पटक एउटै महिलासँग सम्बन्धविच्छेद गर्नुपरेको थियो।
मस्कले ओन्टारियोमा पहिलो पत्नी जस्टिन विल्सनलाई भेटे। त्यसपछि दुवै जना सँगै पढ्थे। सन् २००० मा दुवैले विवाह गरेका थिए। दुवैको सन् २००८ मा सम्बन्धविच्छेद भएको थियो। विल्सनले मस्कका ५ सन्तानलाई जन्म दिएकी थिइन।
यसपछि मस्कले बेलायती अभिनेत्री तल्लुलाह रिलेसँग विवाह गरे। दुवैले सन् २०१० मा विवाह गरेका थिए र सन् २०१२ मा सम्बन्धविच्छेद गरेका थिए तर सन् २०१३ मा दुवैले फेरि विवाह गरे। सन् २०१६ मा दुवैले फेरि सम्बन्धविच्छेद गरे।
मस्क पछि एम्बर हर्डसँग सम्बन्धमा पुगे तर एक वर्षपछि दुवै अलग भए। मस्कको गायिक ग्रिम्ससँगको सम्बन्ध सन् २०१८ मा सार्वजनिक भएको थियो। दुबैका दुई सन्तान पनि छन तर सन् २०२१ को सेप्टेम्बरमा दुवैले अलग हुने निर्णय गरे
[ref-dcnepal]
अन्तमा यो पनि…