The Mirror
नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने निर्णय गरेको छ।
आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टी नेता झलनाथ खनालले जानकारी दिए।
उनले भने, ‘हामीले २४ घण्टा भित्र मन्त्री फिर्ता बोलाउने निर्णय गरेका छौं, अब उहाँहरु फिर्ता हुनुहुन्छ’।
पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधि नाघेको भन्दै बैठकमा काम र उपलब्धिको बारेमा समीक्षा भएको थियो।
सचिवालय बैठकपछि एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले मन्त्रीहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल भएको बताउँदै अन्तिम निर्णयकाे अधिकार अध्यक्ष नेपालसँग रहेको बताए।
[ref-tvannapurna]
अन्तमा यो पनि…