Eleven leaders, including Nepal and Khanal, expelled from UML

‘२७ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको तयारी’

National News News

The Mirror Desk

नेकपा एमालेले पार्टी अनुशासन उल्लंघन गरेको र पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै माधव नेपाल सहित ‘नेपाल-खनाल’ समूह निकट २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले दिएको जानकारी अनुसार उनीहरूलाई मंगलबारै स्पष्टीकरण पत्र पठाइने तयारी भएको छ। उनका अनुसार २७ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण बुझाउन समय दिइने छ।

सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनी नियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे यसअघि नै पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन भएका थिए।

पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका एक नेताले जानकारी दिएअनुसार सबैबाट चित्तबुझ्दो जवाफ नआए उनीहरुलाई पार्टीबाट निश्कासन समेत गरिनेछ।

[ref-kantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *