‘३० लाख हिनामिना गरेको आरोपमा भिम रावलमाथि कारवाही’

National News News

The Mirror Desk,

काठमाडौं, ‘प्रचण्ड-नेपाल’ समूहका सुदूरपश्चिम इन्चार्ज भिम रावललाइ ३० लाख हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरिएको छ। केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा लेखेका छ, ”पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोले भीम रावल पिएचडीलाई कारबाही गर्न सिफारिस गरिएको छ”। प्रदेश इन्चार्ज लेखराज भट्टले भने, ”रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ,उहाँलाई हामीले कार्बाही गर्न मिल्दैन, त्यसैले पार्टी केन्द्रलाई सिफारिस गरेका छौं”।

भिम रावल

तर भिम रावलले भने आफुहरु नै वैधानिक पार्टी भएकोले पार्टीको कोषबारे के पी ओली समुहलाई आफुलाई सोधखोज गर्ने अधिकार नभएको बताए। उनले भने,” हाम्रो सम्पति हामी जे सुकै गरौ, कसलाई केको चासो”।

[ref-onlinekhabar]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *