The Mirror Desk,
काठमाडौँ, ओली समुह निकट (नेकपा) स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले संसदको पुनर्स्थापना हुन्छ भन्ने सपना नदेख्न सबैमा आग्रह गरेका छन्। उनले भने, ”मरेको मान्छे बिउँझन्छ, त्यस्तै हो?”। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई जसरी पनि फेल गराउन ‘प्रचण्ड-नेपाल’ गुट सुरुदेखिनै लागिपरे पनि अन्तमा उनीहरुको सपना पुरा नभए पछि सडकमा पुगेको खरो टिप्पणी गरे।
उर्जामन्त्री रायमाझीले ‘प्रचण्ड-नेपाल’ गुट बिदेशीको इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट हटाई मुलुकलाई अस्तव्यस्त बनाउन दिनरात लागिपरेको आरोप लगाए।
उनले अर्को गुटका नेता प्रचण्ड प्रति संकेत गर्दै भने, ”३३ वर्षसम्म आफैँ टिका लगाउने र आफै पार्टी अध्यक्ष बन्ने अनि अहिले लोकतन्त्र को कुरा गर्ने भन्दै प्रचण्डले पार्टीलाई उनको खल्तीको पैसा जस्तो सम्झने र पार्टीलाई प्रचण्डले आफ्नो कठपुतली बनाउन बाहेक कुनै पनि कुरा नगरको आरोप् लगाए। भारतका निर्देशनमा प्रचण्ड, माधव र झलनाथले पार्टी विभाजन गरेर भारतलाई खुसि बनाएको आरोप लगाए।
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–