The Mirror Desk,
चितवन, भरतपुर अस्पतालमा कोरोनाभाइरस {कोभिड–१९} प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा नितु अधिकारी अहिले आफै संक्रमित भएकी छन्। भरतपुर अस्पतालले गत करिब ८ महिनाको अवधिमा प्रयोगशाला सञ्चालनमा आएपछि ३७ हजारभन्दा बढी स्वाब परीक्षण गरिसकेको छ। अहिले नितु सँगै श्रीमान् र आमापनि संक्रमित भएका छन्। उनले भनिन ‘सारै गाह्रो हुदो रैछ’। उक्त प्रायोगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको छ। शुरुमा स्वाबको सङ्ख्या निकै बढी भएकोले २४ सै घण्टा काम गर्नुपरेको थियो उनले बताइन। उक्त प्रयोगशालामा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ।

‘धेरै साबधानी अपनाउदा पनि संक्रमित भएँ’, डा अधिकारीले भनिन्, ‘कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ’। जिल्लामा संक्रमित छ हजार ४१२ जना पुगेका छन्। मृ’तकको सङ्ख्या १०१ पुगेको छ। छ हजार ६३ जना नि’को भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
प्रयोगशालाको प्राविधिक काम बाहेक डा नीतुको खटाइ यसको व्यवस्थापकीय पाटोमा पनि छ। प्रयोगशालामा काम गर्ने आफ्नो टिमका सदस्यहरुको बसोबासको व्यवस्थासँगै टेकुको केन्द्रीय प्रयोगशालासँगको समन्वयदेखि भरतपुर अस्पतालका पदाधिकारीहरुसँग निरन्तर सम्वाद र छलफलमा रहन्छिन् । प्रयोगशालाको सीमित जनशक्तिलाई भयरहित अवस्थामा काम गर्ने वतावरण बनाउन नितु ब्यस्त छन्।
[ref-sidhakura]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–
You are truly heroism. You save so many people. Now god will save you. Alots of respect 😍😍