‘६२ यात्रु लिएर उडेको विमान सम्पर्कबिहीन’,खोजी कार्य जारी

International News News

The Mirror Desk,

काठमाडौँ, इण्डोनेसियाको राजधानी जाकार्ताबाट ५० जना यात्रुहरु लिएर उडेको एउटा विमान सम्पर्कबिहीन भएको समाचार छ। श्रीविजया एयरको बोइङ ७३७ नामक सो बिमान वेष्ट कलिमनतन प्रान्तको आकाशमा टेकअफ भएको केहि समय पछि सम्पर्कबिहीन भएको कुरा अन्तरास्ट्रीय संचार माध्यमहरुले जनाएको छन। सो विमान बेपत्ता भएको मानिएको क्षेत्र नजिकैको एक टापुका केही स्थानिय बासिन्दाहरूले आफूहरूले विमानको जस्तो लाग्ने वस्तु भेटेको जनाएका छन। सो विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू विभिन्न टेलिभिजन र सामाजिक सञ्जालहरुमामा देखा परेका छन्।

pic-bbc

फ्लाइट राडर २४ ले जनाए अनुसार सो विमान एक मिनेट भन्दा पनि कम समयमा १० हजार फिट तल आएको थियो। अधिकारीका अनुसार उक्त विमान सँग अन्तिम पटक स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको थियो। इन्डोनेशसियाको यातायात मन्त्रालयले विमानको खोजी कार्य भइरहेको जनाएको छ। उक्त विमान २७ वर्ष पुरानो हो।

pic-bbc

पछिल्ला वर्षहरुमा बोइङका ७३७ म्याक्स मोडलका दुईवटा विमान ठूला दुर्घटनामा परेका थिए। तीमध्ये पहिलो दुर्घटना सन् २०१८ को अक्टोवरमा इन्डोनेशियाको लायन एयरको उडानमा भएको थियो जसमा १८९ जनाले ज्यान गुमाएका थिए।

[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Ico

Leave a Reply

Your email address will not be published. Required fields are marked *