The Mirror
गत वैशाख ३० गते भएको सम्पन्न भएको स्थानीय तहकाे निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ। केहि बाहेक अरु सबैको परिणाम सार्बजनिक भएको छ।
भर्खर मात्र काठमाडौं महानगरपालिकाका नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएका छन।
भर्खरै सम्पन्न भएको स्थानीय तहकाे निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
अब दुई वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ। मतगणना जारी रहेको उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत ५ हजार २ सय २० मतका साथ अग्रस्थानमा रहनुभएको छ भने एकीकृत समाजवादीका बलदेव चौधरी ४ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको छ ।
हालसम्म सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय २८ पालिका जित्दा नेकपा एमाले २ सय ५ पालिका प्रमुखमा विजयी भएको छ। त्यस्तै, नेकपा माओवादी केन्द्र १ सय २१, जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २० तथा लोकतान्त्रिक समाजवादी पार्टीेले १६ ठाउँको प्रमुख जितेका छन। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४–४ ठाउँमा जितेका छन् ।
सिके राउतको जनमत पार्टीले दुई पालिका प्रमुख जित्दा नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशिल पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र विवेकशिल साझा पार्टीले एक–एक स्थानीय तह जितेका छन् ।
काठमाडौँ, धरान, धनगढी, जनकपुर लगायतका १४ वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन।
सात प्रतिशत नतिजा भने अझै आएको छैन। यसको लागि केहि दिन पर्खनु पर्ने छ।
[ref-imagekhabar]
अन्तमा यो पनि…