काठमाडौँ, सत्तारुढ दल नेकपा औपचारिक रुपमा स्पस्ट दुइ भागमा विभाजित भएपछी अब दुवै समुहहरु पाटी को कार्यालय कब्जा गर्ने रणनीतिमा लागेको देखिन थालेको छ। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी ओली पक्षले ताला लगाएको छ। दुइ समुहको समानान्तर बैठक सकिनुभन्दा अगाडीनै के पी ओली समुहले कार्यालय कब्जा गरेको हो। केहि समय भयो उक्त कार्यालयमा पार्टीको बैठक बसेको छैन। ”प्रचण्ड-नेपाल” पक्षले त्यहा बैठक राख्न खोजेको थियो। त्यसका लागि सोमबार पौने १२ बजे कार्यालयमा तयारी हुँदे गर्दा महासचिवको निर्देशनमा कुनै काम नगर्न निर्देशन आएपछि ”प्रचण्ड-नेपाल” समूह पछि हटेको जनाइएको छ। प्रधानमन्त्री ओलीले बालुुवाटारमा विहान केन्द्रीय समितिको बैठक सम्पन्न गरेका छन् भने ”प्रचण्ड-नेपाल” ले कार्की पार्टी प्यालेस बबरमहलमा दिउँसो बैठक सम्पन्न गरेका छन्।
धुम्बाराहीको पार्टी कार्यालयलाई महासचिवको निर्देशनमा कब्जा गर्न खोेजिएको ”प्रचण्ड-नेपाल” पक्षले आरोप लगाएको छ।कार्यालय २ सचिव मध्य ओली पक्षका ईश्वरी रिजाल र प्रचण्ड पक्षका श्रीराम ढकाल रहेका छन्।
पार्टी कार्यालय कब्जा गर्ने क्रममा काभ्रेमा के पी ओली पक्षले जिल्ला कार्यालयमा ताला लगाएको छ । ”अहिले पार्टी कार्यालय भएको मदन स्मृति भवन हो, त्यहाँ जबज मान्ने साथीहरुको रगत, पसिना बगेको छ”, काभ्रे जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीले भने। यसै गरि विभिन्न जिल्लामा पार्टी कार्यालय कब्जा गर्ने क्रम जारि छ।

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…