MBBS को बढाइएको शुल्क घटाउन प्रधानमन्त्रीको कडा निर्देशन

National News News

The Mirror Desk,

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन दिनुभएको छ। आयोगले शैक्षिकसत्र २०७७–०७८ मा एमबिबिएसको लागि ८ लाख रुपिया बढाउनुपर्ने प्रस्ताब पेश गरेको थियो। आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउदै ४० लाख २३ हजार २ सय ५० रुपियाबाट वृद्धि गरी ४८ लाख रुपिया सिफारिस गरेको थियो।

आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले यो वर्ष शुल्क नबढाउन निर्देशन दिनुभएको हो। ”कोरोनाले थला परेको अवस्थामा सरकारले शुल्कवृद्धि गर्दा नकरात्मक असर पर्ने भएकोले शुुल्क बढाउनु उचित हुँदैन, पुरानै शुल्क कायम गर्नपर्छ, प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार सम्पन्न पाँचौं बैठकमा आयोगका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भन्नुभयो”। अहिले शुल्क बढाउने कुरा नगर्नुस, स्थगित गर्नुस, प्रधानमन्त्री ओलीले भन्नुभयो, यदि सकिन्छ भने घटाउने विषयमा कुरा गर्नुस।

शुल्क निर्धारण कार्यदलले बिडिएस, एमडिएमएस, एमडिएस साइन्स,एमडि आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको थियो।

प्रधानमन्त्रीले आयोगको बैठक भत्ता नलिन आग्रह गर्नुभएको छ। बैठकमा सम्बोधन गरेर बाहिरिनेक्रममा भत्ताको विषय उठान भएपछि प्रम ओलीले सबैको महत्वपुर्ण विषयमा कुनैपनि किसिमको भत्ता लिन नहुने बताउनभुएको थियो। यस्तो बैठकको भत्ता कसैले नलिऔ।

[ref-janatatimes]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *