MCC बिरुद्ध नारा नलगाउनुस् भनेकै हु:- प्रचण्ड

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहको हिजोको बन्दमा एमसीसी बिरुद्ध अचानक नारा लाग्न सुरु भएपछी सो समुहका अध्यक्ष प्रचण्डले उक्त नारा लगाउन नहुने भन्दै रोक्ने संकेत गरेका थिए। उनको सो कार्यप्रति सोसल मेडिया मा आक्रोस आउन थालेपछि उनले यसको बारेमा खण्डन गरेका छन।

यसै क्रममा उनले आफू अमेरिकी सहयोग परियोजना एमसिसीबारे अन्तिम निर्णयमा नपुगेको बताएका छन्। उनले भने, ‘मैले अमेरिकी राजदूतलाई पनि यसका बारमा हामी पुनरावलोकनको पक्षमा छौं भनेको छु,”। शुक्रबार बिहान आयोजित एक कार्यक्रममा बोल्दै उनले हिजो आमहड्तालका क्रममा आफूले एमसिसी विरोधी नारा नलगाउन भनेको बताए।

उनले भने, ”अहिले हामी गुण्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा हो, यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो,’ प्रचण्डले भने,’बीचमा फ्याट्ट एमसिसी आयो। यो कसरी बीचमा घुस्यो भन्ने हो। यसको मतलब म एमसिसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन”।

[ref-setopati]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *