MCC संसदबाट पास हुन्छ, ढुक्क हुनुहोस:- झलनाथ खनाल

National News News

The Mirror Desk,

काठमाडौँ, सर्बोच्च अदालातबाट संसद पुर्नस्थापना भएको फैसला पछि नेताहरुले आफ्नो बिचार ब्यक्त गरिरहेका छन्। यसै क्रममा ‘प्रचण्ड-नेपाल’ समुहका नेता झलनाथ खनालले निकै फरक खालको अभिव्यक्ति दिएका छन्। उनले MCC संसदबाट पास हुने बताएका छन्। यसमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट अगाडी बढने उनले बताए। उनले भने, ‘MCC मा हामीले केही कमीकमजोरी देखेका छौ, त्यसलाई नेपालको स्वाधिनता र सार्वभौमसत्तालाई ध्यानमा राखेर परिमार्जन हुन्छ र पास गर्छौ।

एक अर्को प्रसंगमा नेता खनालले भावि राष्ट्रपतिका लागि साथीहरुले जिम्मेवारी दिए पछि नहट्ने बताए। उनले भने ‘म पदका पछाडी दौडिन्न, तर साथीहरुले विश्वास गरेर जिम्मेवारी दिए सम्हाल्न तयार छु’।

उनले आफ्नो सरकार गठन पछि MCC संसदबाट पास गर्ने दाबी पनि गरे। उनले भने, ‘MCC संसदबाट पास हुन्छ, ढुक्क भए हुन्छ’। त्यस्तै उहाँले लोकतान्त्रिक दलहरु सबै एकताबद्ध भएर जानुपर्ने भन्दै सबै दलसँग एकताबद्ध भएर अगाडी बढ्नुपर्ने उनले बताए।

[ref-imagekhabar]

अन्तमा यो पनि…
नेताले कति घुस खान्छन जान्नको लागी यो भिडियो हेर्नुहोस…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *