congress win

के पी ओलीको वडामा कांग्रेसको धमाका

The Mirror एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन। कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिश्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन। यो वडामा वडाध्यक्षसहित कांग्रेसको प्यानल नै निर्वाचित भएको छ। एमाले अध्यक्ष वलीले […]

More
KTM mayor

बालेनको अग्रता फराकिलो बन्दै, युवाहरु उत्साहित

The Mirror काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले मतान्तर बढाएका छन। अहिलेसम्म ४४५३ मतगणना गर्दा बालेनले २०७२ मतसहित अग्रता कायमै राखेका छन्। बालेन अरूभन्दा सात सय मतले अगाडि छन। यहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन। बालेनको अग्रता फराकिलो बन्दै गएपछि युवाहरु उत्साहित […]

More
sher bahadur

प्रधानमन्त्री देउवा आफ्नै वडामा पराजित

The Mirror प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडा डडेल्धुरामा उनकै पार्टी नेपाली कांग्रेस पराजित भएको छ। देउवाको घर रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर देउवाले पराजय व्यहोर्नु परेको छ। सो वडामा नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन। वडाध्यक्षमा निर्वाचित भण्डारीले ६ सय ७३ […]

More
UML

गगन थापाको क्षेत्रमा एमालेको धमाका

The Mirror काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको छन। उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला […]

More
prachanda

‘गठबन्धन पबित्र छैन, कांग्रेसबाट ठुलो धोका हुन सक्छ’:-प्रचण्ड

The MIrror माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनभित्र कांग्रेसबाट जतिसुकै बेला पनि धोका हुन सक्ने भन्दै गम्भीर आशंका व्यक्त गरेका छन। सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले गठबन्धन दलभित्रको सहमति विपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भनी आशंका व्यक्त गरेका हुन। उनले कांग्रेस प्रति संकेत गर्दै […]

More
bharatpur congress

‘प्रचण्डको धम्कीका कारण चितवनका १ सय ३६ कांग्रेसद्वारा पार्टी परित्याग’

The MIrror नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले पार्टीबाट संयुक्त राजिनामा दिएका छन्। भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएका हुन्। जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेसलाई थप बलियो बनाएको उनीहरुको भनाई छ। उनीहरूले भनेका छन, ‘नेपाली कांग्रेस […]

More
deuba prachanda

‘रेनुलाई जिताउनु हाम्रो कर्तव्य, गठबन्धन टुटे कांग्रेस खत्तम’:-देउवा

The MIrror चितवनको भरतपुरमा भएको सत्ता-गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु आफ्नो पार्टीको कर्तव्य रहेको बताएका छन। देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएकोले गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने कुरामा जोड दिए। मेयरका रूपमा रहेकी रेनुले गरेका कामहरूको प्रशंसा गर्दै देउवाले रेनुले हारे चितवनका जनता आफुसंग […]

More
Election Commission of Nepal

‘उम्मेदवारी फिर्ता गराउने नाममा धाक धम्कीको हर्कत र राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग ‘

The Mirror निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्कीलगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई चेतावनी दिएको छ। चितवनको भरतपुर महानगरका स्वतन्‍त्र उम्मेदवार जगन्‍नाथ पौडेललाई गृहमन्त्री बालकृष्ण खाँण,राज्यमन्त्री उमेश श्रेष्ठ,पूर्वप्रधानन्यायधीश गोपालप्रसाद पराजुलीलगायत कांग्रेसका नेताहरूले उम्मेदवारी फिर्ता गराउन जबरजस्ती गरिरहेको घटना सार्वजनिक भइरहेको बेला आयोगले यस्तो चेतावनी दिएको हो। […]

More
congress maoist

गोरखामा कांग्रेस र माओवादीबीच मात्रै चुनावी तालमेल

The Mirror नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्र गोरखामा चुनावी तालमेल हुने भएको छ। दुई दलका नेताहरुबीच कांग्रेसले ७ र माओवादी केन्द्रले ४ वटा पालिका लिएर गठबन्धन गर्ने विषयमा सहमति भएको हो। चार दलीय संयन्त्रको बैठक भाँडिएलगत्तै दुई पार्टीको बैठकले तालमेल गर्ने निर्णय गरेका हुन्। यसअघि गठबन्धन दल जनता समाजवादी र एकीकृत समाजवादीसहितको बैठकमा […]

More
Tree Sun

प्रतिद्वन्दी एमाले र कांग्रेसबीच चुनाबी गठबन्धन

The Mirror प्रतिद्वन्दी एमाले र कांग्रेसबीच झापाको कचनकवल गाउँपालिकामा चुनाबी गठबन्धन हुने भएको छ। सहमति अनुसार गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिनेगरी गठबन्धन बनेको हो। अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन। एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए अनुसार कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी गठबनधन गर्ने सहमति भएको हो। […]

More