karnali bridge

Tiktok बनाउदा कर्णाली पुलबाट खसेका एक युबा बेपत्ता

National News News

The Mirror Desk,

Tiktok भिडियो बनाउन भन्दै कर्णाली नदीको पुलमा चढेका एक जना युबा बेपत्ता भएका छन्। उनी Tiktok भिडियो बनाउने क्रममा कर्णाली पुलबाट हामफालेका थिए।

कैलालीको लम्किचुहा नगरपालिका २ बस्ने १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा शनिबारदेखि बेपत्ता भएका हुन्। उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ। बेपत्ता युबाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

उनीसंगै कर्णालीमा हाम फालेका १८ वर्षिय लोकेश प्याकुरेलको छातीमा चोट लागेर गम्भीर घाइते भएका छन्। लम्किचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेलको नेपालगन्जमा उपचार भइरहेको छ।अर्का युबा १७ वर्षिय बिरेन्द्र सिँह भने सकुसल छन्।

उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थीहरु भएको जनाइएको छ।

केहि महिना अगाडी दाङ्गमा tiktok भिडियो बनाउन चढेका एक युवाको पुलबाट खसेर मिर्त्यु भएको थियो।

[ref-Bpost]

Please, Watch This Video Too…About TikTok

Boy Dies While Making TIKTOK Video

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *